Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

दाङ – सभागृह निर्माण गर्नका लागि तुलसीपुरमा जारी धार्मिक महोत्सव एवम् ज्ञानमहायज्ञमा शनिबार जनसागर उर्लिएको छ । अरु दिनको तुलनामा दानदाता र भक्तजनको सङ्ख्या पनि बढ्दै गएको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । शुक्रबारसम्म महोत्सवमा रु ३५ लाख नगद दान भएको थियो भने शनिबार मात्रै रु ३५ लाख बढी सङ्कलन भएको आर्थिक समितिका संयोजक उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक एवम् महापुराण आयोजक मूल समितिका संयोजक डिल्लीबहादुर बस्नेतले रु १५ लाख १५ हजार ५१५ दान गर्नुभएको प्रेस संयोजक शरद रेग्मीले जानकारी दिनुभयो । त्यस्तै तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठ र उहाँकी धर्मपत्नी निर्मला श्रेष्ठले स्वर्गीय बुबा ईश्वरीलाल श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठको स्मृतिमा रु पाँच लाख ५०९ दान गर्नुभएको छ ।
तुलसीपुरका समाजसेवी श्यामबहादुर केसी र दुर्गाकुमारी केसीले रु पाँच लाख ५५ हजार ५५५ दान गर्नुभएको छ । त्यस्तै घोराहीस्थित घोराही सिमेन्ट इन्डस्ट्रिजबाट रु दुई लाख तीन हजार १७५, तुलसीपुरस्थित पुराना व्यवसायी मनिराम गुप्ता र रक्षा राम गुप्ताले रु एक लाख ११ हजार १५५ दान गर्नुभएको दाता सम्मान समितिका संयोजक गोपीनाथ योगीले जानकारी दिनुभयो ।
शनिबार महापुराणमा चर्चित लोक गायिका कोमल वली, हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र गायिका ऋतु कँडेललगायतको उपस्थितिले दर्शक एवम् भक्तजनलाई छमछमी नचाएका थिए । महापुराणको प्रमुख कथा वाचकमा वाचण पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया