Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – गत शुक्रवार गैरअवासीय नेपाली संघको एक प्रतिनिधी मण्डल र नेपाल सरकारका प्रतिनिधीहरुबीच गैरआवासीय नेपालीहरुले नेपालमा उद्योग व्यवसाय संचालनका लागि कानूनी प्रक्रियाहरुका बारेमा छलफल भयो । गैरआवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले गैरआवासीय नेपालीहरुलाई नेपालीमा लगानी गर्ने बाटो खोलेको भए पनि विधेयकमा उल्लेख भएका कतिपए बुदाँहरुको व्यवहारिक पक्षमा थप स्पष्टता आवश्यक भएकोले यस कार्यक्रमको आयोजना गरिएको थियो ।
मुख्यत गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा जलविधुतको क्षेत्रमा लगानी गर्नको लागी एक कम्पनी दर्ता गर्ने गृहकार्यको सिलसिलामा छलफल आयोजना भएको थियो । अन्तरक्रियाले विभिन्न कानूनी प्रावधानबारे स्पष्ट पारेकोले संघले अगाडि सारेको संयुक्त लगानीको परियोजनाले तिब्रता पाउनेछ। विधेयकमा भएको व्यवस्थालाई सहज ढंगबाट कार्यान्वयन गर्न सहयोग गर्ने सबै निकायहरुप्रति एनआरएनले आभार ब्यक्त गरेको छ ।

यस कार्यक्रममा नेपाल सरकारको तर्फबाट रामबाबु ढकाल उपसचिव परराष्ट्र मन्त्रालय, हेमराज सुवेदी, उपसचिव अर्थ मन्त्रालय, भिष्मराज ढुंगाना निर्देशक नेपाल राष्ट्र बैंक, लवराज श्रेष्ठ रजिष्ट्रार कम्पनी रजिष्ट्रारको कार्यालय, ध्रुवलाल राजवंशी महानिर्देशक उद्योग विभाग, बद्री कार्की महानिर्देशक घरेलु तथा साना उद्योग विभाग, केशवबहादुर थापा उपरजिष्ट्रार कम्पनी रजिष्ट्रारको कार्यालय, कृष्णराज खनाल उद्योग विभाग, राधाकृष्ण श्रेष्ठ उद्योग विभाग र काननुविदहरुमा तोयानाथ अधिकारी, टंक ढकाल र बद्री बिशाल घिमिरेको उपस्थिति रहेको थियो ।
यसैगरी गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्षद्वय क्या. हितमान गुरुङ र रामेश्वर शाह महासचिव तेञ्जी शेर्पाका साथै नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक र गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो । ***

तपाईको प्रतिक्रिया