Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नुवाकोट – भूकम्पको पीडालाई कम गराउन र पुनःनिर्माण र पर्यटन प्रवद्र्धनको उद्देश्य राखी ‘भूकम्पको पीडा बिर्सांै, समृद्ध नुवाकोट निर्माणमा जुटाँै’ मूल नाराका साथ आयोजना गरिएको ‘नुवाकोट मिनी महोत्सव’ बिहिकनरदेखि सुरु भएको छ । स्थानीय कोलनीको थ्री डी युवा क्लबको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवको नेपाल चेम्बर अफ कर्मस तथा चीन–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गर्दै नेपाललाई चीनसँग जोड्ने नाका रसुवागढी नाका हालै सञ्चालनमा आएकाले नुवाकोटवासीका लागि नाकाबाट धेरै अवसर खुलेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सरकारले रसुवागढी नाकाको दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि भौतिक संरचना निर्माणका कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो ।
उद्घाटनका अवसरमा स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन र व्यावसायिक विकासमा उल्लेख्य स्थान निर्माण गर्ने बताउनुभयो । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन श्रेष्ठले महोत्सवले जिल्लाको व्यावसायिक पहिचान विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला र ढाकाका सामग्री, फलामे औजार र भाँडाबर्तन, कपडा, जनचेतना जगाउने सामग्री लगायतका १५० कक्ष छन् ।

तपाईको प्रतिक्रिया