Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – चितवनमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ हुने भएको छ । आउँदो माघ २५ गतेदेखि फागुन २ गतेसम्म प्रदर्शनी हुने आयोजक समितिले जनाएको छ ।
प्रदर्शनीका लागि पूर्व तयारी भईरहेको छ । स्टल निर्माणदेखि अन्य परिसर निर्माणहरु अहिले धमाधम भईरहेको आयोजक समितिले जनाएको छ ।
प्रदर्शनीसंगै आयोजकले समसामयिक विषयमा छलफल कार्यक्रमपनि गर्ने भएको छन । भूकम्प र त्यसपछि भएको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्रमा परेको असरका विषयमा छलफल गरिने बताइएको छ ।
आयोजकका अनुसार माघ २६ गते ‘नाकाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव र आगामि कार्यदिशा’ विषयमा छलफल हुने छ । त्यसतै माघ २९ गते ‘औद्योगिक विकासका लागि भु–उपयोग योजना कार्यान्वयनको महत्व’ विषयमा छलफल राखिएको गोष्ठिी तथा सेमिनार उपसमिति संयोजक ताराप्रसाद पौडेलले जानकारी दिनुभयो । छलफलमा बैंक तथा वित्तिय संस्था, उद्योगी, पर्यटन व्यवसायी र अगुवा कृषक तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया