Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बढी उमेरको कुनै प्रमाण छैन

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू १९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ ।
बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले नेपाली कप्तान राजु ओभर एजको भएको दाबी गरेका थिए, त्यही प्रतिक्रियालाई लिएर भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार प्रसार गरिरहेका थिए ।
यसबारे आईसीसीले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको डकुमेन्टमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको आईसीसीले जनाएको छ ।
पावरको दाबी थियो कि राजु यू(१५ मा मुम्बईबाट आफूसँग राजु शर्माको नामबाट खेलेका थिए । राजु २४र२५ वर्षको भएको उनको दाबी थियो । आईसीसीले भने आफूले नेपाल क्रिकेट संघ, कप्तान रिजाल र नेपाली टीम म्यानेजर सुदिप शर्मासँग कुरा गरेको बताएको छ ।

आईसीसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्मदर्ता लगायतका कागज पत्रको पनि अध्ययन गरिएको आईसीसीले जनाएको छ । नयाँ सूचना नआउँदासम्म आईसीसीले यसबारे नयाँ कुनै निर्णय नलिने र यो विषयको बहस बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया