Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सजायमा आठ बर्ष जेल र आठ सय कोर्रा
रियाद – साउदी अरेबियाको एक अदालतले प्यालेस्टिनी कवि असरफ फयादको मृत्युदण्ड खारेज गरेको छ । यसको साटो उनलाई आठ वर्ष कारावास सजाय र आठ सय कोर्रा हान्नुपर्ने निर्णय अदालतले दिएको छ ।
इस्लाम धर्मको निन्दा गरेको आरोपमा उनलाई फाँसीको सजाय सुनाइएको थियो । असरफका समर्थनमा वकिलहरूले मृत्युदण्ड खारेज गर्नुपर्ने माग गर्दै आएका थिए ।
असरफका पक्षधर एक वकिलले आठ वर्षको जेल सजाय र आठ सय कोर्रा हान्ने फैसला ट्विट गरेका छन् । सोह्रपटक गरेर पचास पचास कोर्रा हान्नुपर्ने बताइएको छ ।
उनको पक्षमा वकिलले मृत्युदण्ड उल्टाइनु राम्रो भए पनि निरपराध व्यक्तिलाई अहिलेको सजाय पनि अनाहक भएको दाबी गरेका छन् । ***

तपाईको प्रतिक्रिया