Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – विश्व सिमसार दिवस, २०१६ का अवसरमा कास्कीका नौवटा ताललाई एउटै समूहमा राखी मंगलबारदेखि रामसारमा सूचिकृत भएका छन् । जैविक विविधताको निश्चित मापदण्ड पुरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयका सल्लाहकार डा. लिउ योङले वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटालाई सामूहिकरुपमा रामसारमा सूचिकृत गरेको औपचारिक प्रमाणपत्र एक कार्यक्रमकाबीच मंगलबार हस्तान्तरण गर्नुभयो ।
सन् २००८ मा सरकारले पोखरा उपत्यकाका ताललाई केन्द्रित गरी विकास समिति ऐनको परिधिमा रही राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखराका ताललाई रामसार सूचिमा समावेश गर्नकालागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनको आधारमा र पटक पटक ताल समिति र सरोकारवालाबीच छलफल गरी रामसार इन्फरमेसन शिट आरआइएस तयार गरी अनलाइन एप्लिकेशन प्रस्तुत गरिएको थियो ।
विभिन्न चरणमा रामसार सचिवालयका कर्मचारीसँग छलफल गरी आरआइएसलाई अन्तिमरुप दिएसँगै सचिवालयले तालहरू रामसारमा सूचिकृत भएको प्रमाणपत्र प्रदान गरेको हो । एक पटक रामसारमा सूचिकृत भएपछि प्रत्येक छ वर्षको अन्तरालमा आरआइएसलाई अद्यावधिक गर्नुपर्ने प्रावधान छ ।
त्यस्तै, सूचिकृत सिमसार क्षेत्रको व्यवस्थापन गर्दा र सूचना अद्यावधिक गर्दा एकातर्फ साइन्टिफिक टेक्निकल रिभ्यु प्यानल एसटीआरपी र अर्कोतर्फ कम्युनिकेसन एजुकेसन पार्टीसिपेसन एन्ड एवारनेस सीइपीए कार्यक्रममार्फत जानुपर्ने प्रावधान राखिएको छ ।
कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले पर्यटकीय नगरी पोखराको पहिचान वनेका तालहरू रामसार सुचिमा सूचिकृत हुनु समग्र देशकै लागि गौरव भएको बताउनुभयो । उहाँले यहाँ तालतलैयाको संरक्षण गर्नु हामी सबैको चुनौती भएको उल्लेख गर्दै रामसार सुचिमा सूचिकृत हुनुले यसको संरक्षणका लागि थप दायित्व समेत प्राप्त भएको उल्लेख गर्नुभयो ।
व्यवस्थापिका–संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखराका ताल रामसार सुचिमा सूचिकृत वन्नु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको र यहाँको पर्यटकीय पहिचानमा यसले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रकृति तथा वातावरणको संरक्षण हाम्रो पुस्तालाई मात्र नभएर पुस्तौँ पुस्तालाई हो भन्ने सोचका साथ आजैदेखि वातावरणको संरक्षण र विकासका लागि सबैले आआफ्ना तर्फबाट योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।
एसियाका लागि रामसारका सल्लाहकार डा. लिउ योङले पर्यावरणको संरक्षणका लागि सिमसार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै यसको संरक्षणमा जुट्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले नेपाल भूपरिवेष्टित देश भएपनि सिमसारमा धनी भएको बताउँदै पछिल्लो समयमा भैरहेको जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण लगायतका कारण वातावरणमा परेको असरप्रति सबै गम्भीर वन्नुपर्ने धारणा राख्नुभयो ।
विश्वभर हालसम्म १६९ देशका दुई हजार २२५ सीमसार रामसारमा सूचीकृत छन् ।

तपाईको प्रतिक्रिया