Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बागलुङ – जिल्लामा रहेका खानेपानी आयोजनामध्ये ५८ प्रतिशत जीर्ण अवस्थामा छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले गरेको सर्वेक्षणअनुसार ४२ प्रतिशत आयोजना मात्र सही अवस्थामा सुचारु छन् ।
कतिपय आयोजना अलपत्र परेर कामै नलाग्ने अवस्थामा समेत पुगेका छन् । खानेपानीको बढ्दो मागअनुरुप भएका आयोजना सही अवस्थामा सञ्चालन नहुँदा उपभोक्तामा अभाव सिर्जना हुँदै गएको छ । स्तर सुधार र मर्मत नभएका आयोजना पूर्ण क्षमतामा काम गर्न नसकी कमजोर अवस्थामा पुगेको डिभिजन प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
पुराना आयोजनाको लागि ‘पुनःस्थापना’ कार्यक्रम सञ्चालन भए पनि त्यो अपूर्ण रहेको उहाँको भनाइ छ । “पुराना र जीर्ण बनेका खानेपानी आयोजनाको लागि पुनःस्थापना कार्यक्रम छ, तर त्यसको बजेट ज्यादै कम छ” प्रमुख उपाध्यायले भन्नुभयो “यो वर्ष जम्मा रु २१ लाख उक्त कार्यक्रमलाई छुट्टिएको छ, तर अझै स्वीकृत भएर आएको छैन ।”
करोडौँ रुपैयाँ खर्चेर बनेका आयोजनाको रेखदेख, संरक्षण र व्यवस्थापन प्रभावकारी नहुँदा पनि समस्या उत्पन्न हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।
उपभोक्ता समितिमार्फत बनेका आयोजनाले निर्माणपछि व्यवस्थापकीय समस्या झेल्ने गरेका छन् । “आयोजना बन्ने बेलासम्म उपभोक्ता समिति पनि एकदमै सक्रिय हुन्छ, बनिसकेपछि बेवास्ता गर्ने परिपाटी छ, जसका कारण व्यवस्थापकीय कमजोरी आउने गरेका छन् ।” कार्यालयले निर्माणपछि स्थानीयवासीलाई नै आयोजना हस्तान्तरण गर्ने हुँदा संरक्षण, व्यवस्थापनमा पनि समितिको दायित्व रहने प्रमुख उपाध्यायको भनाइ छ ।
सरकारको ८० प्रतिशत र २० प्रतिशत जनसहभागितामा हाल जिल्लामा ५० भन्दा बढी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये छवटा आयोजना उच्च÷मध्यमस्तरका ठूला आयोजना छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङका अनुसार जिल्लाको ९० प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छन् ।

तपाईको प्रतिक्रिया