Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

महोत्तरी– आइतबारदेखि बन्द महोत्तरी र धनुषाका यातायात सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेरी मोर्चाले आह्वान गरेको यातायात बन्द फिर्ता लिएसँगै मंगलबारदेखि जलेश्वर–जनकपुर, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–मटिहानी सडकखण्डमा यातायात सञ्चालनमा आएका हुन् ।

त्यस्तै धनुषा सदरमुकाम जनकपुरमा पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जनाएको छ । पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्चालनमा आएको सार्वजनिक यातायात सेवा बीचमा रङ्गेली र जनकपुर घटनाका कारण दुई पटक बन्द भएर आजदेखि सञ्चालनमा आएको बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया