Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – काठमाडौंबाट धादिङ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका सिजन श्रेष्ठको शव उठाउन नपाएको भन्दै पीडित परिवारले काठमाडौं–धादिङ चल्ने सम्पूर्ण वस सेवा सञ्चालनमा रोक लगाएका छन् ।
दुर्घटना भएको तीन दिनसम्म पनि धादिङ यातायात व्यवसायी संघले उचित क्षतिपूर्तीको लागि पहल नगरेको र वार्तामा समेत नबसेको भन्दै पीडित परिवारले बस सेवा सञ्चालनमा रोक लगाएका हुन् । उनीहरुले काठमाडौंबाट धादिङ चल्ने बस, मिनिवस र माइक्रोवसको काउन्टरमा तालबन्दी गरिदिएका छन् । तालाबन्दीसँगै पीडित परिवारले काउन्टर आसपासमा धर्ना दिएका छन् भने काउन्टरमा नआइ बाहिरैबाट चलाउन खोजेका वस सेवाहरुपनि रोकेका छन् । धादिङबाट भने सामान्य रुपमा केही वसहरु आएपनि नागढुंगाबाट भित्र आउन सकेका छैनन् । आइतबार काठमाडौंबाट गल्छी जाँदै गरेको बा ६२ प ५७१७ को मोटरसाइकललाई सोही दिशाबाट धादिङ जाँदै गरेको बा ३ ख ६१३८ नम्बरको वसले ठक्कर दिदा विपरित दिशाबाट आएको डिआई भ्यानले किचेर सिजन श्रेष्ठको मृत्यु भएको थियो भने मोटरसाइकल चालक गोविन्द बानियाँ सिकिस्त घाइते भएका थिए । मृतक श्रेष्ठको शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ भने घाइते बानियाँको चिन्ताजनक अवस्थामा ग्रान्डि अस्पताल धापासीमा उपचार भइरहेको छ ।

1
दुर्घटना भएको तीन दिनसम्म पनि दोषी पक्षले मृतक र घाइते परिवारसँग वार्ता समेत गर्न आनाकानी गरेका कारण आफूहरु बाध्य भएर वस सेवा सञ्चालनमा रोक लगाउनु परेको पीडित पक्षले बताएका छन् । मृतक श्रेष्ठका ठूलोबुबा गणेशकुमार श्रेष्ठ भन्नुहुन्छ – ‘आइतबार १० बजे दुर्घटना भएको हो तर आजसम्म यातायात व्यवसायी संघका मान्छेहरु वार्तामा आएका छैनन् । शव उठाउनु पर्‍यो, कागज बनाइदिनु भन्दा ठक्कर दिने वस र डीआई भ्यानका मान्छेहरु एक आपसमा दोषारोपण गर्दै बस्छन् र उनीहरु दुबै पक्ष टार्ने बाटो मात्र गर्छन् ।’ श्रेष्ठ दुःखेसो पोख्नुहुन्छ– ‘एकातिर शव कुहिएला भन्ने डर भइसक्यो, अर्कोतिर बाच्ने आस भएको व्यक्तिपनि केहो केहो भन्ने अवस्थामा पुगिसक्यो । तर, अझै दोषी पक्ष सिरियस नबन्दा आफूहरुले सबै यातायात बन्द गराउनु परेको हो ।’ सबै किसिमका वस सेवा सञ्चालनमा रोक लगाइएपछि धादिङ जाने यात्रुहरु प्रभावित बनेका छन् । पीडित पक्षले भने वार्ता सफल नहुन्जेल यातायात सञ्चालनमा आउन नदिने बताएका छन् । उनीहरुले मृतकको परिवारलाई क्षतिपूर्ती र घाइतेको पूर्ण रुपमा उपचार हुनु पर्ने बताएका छन् ।

3

यता, धादिङ यातायात व्यवसायी संघका अध्यक्ष अर्जुन श्रेष्ठ ‘गोर्खाली’ले भने दुर्घटनाका विषयमा छलफल भइरहेको बताउनु भएको छ । वसले ठक्कर दिएर डीआई भ्यानले मान्छे किचेको हुनाले को दोषी भन्ने सम्बन्धमा एकिन हुन नसक्दा पीडित पक्षलाई क्षतिपूर्ती उपलब्ध गराउन ढिलाइ भएको उहाँको भनाइ छ । यस विषयमा आजै निचोड निकाली पीडित पक्ष समक्ष आफूहरु जाने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया