Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

रौतहट– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सोमबारदेखि चन्द्रनिगाहपुरमा नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहितासम्बन्धी आठदिने तालिम सुरु भएको छ ।

तालिममा मुलुकका विभिन्न स्थानका १५ नगरपालिका इन्जिनियर तथा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको सहभागिता रहेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमलसिनाले तालिमको सोमबार उद्घाटन गर्दै देशैभरका सबै नगरपालिकाले भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहिता पालन गर्नु अनिवार्य रहेको बताए ।

उनले नयाँ नगरपालिकाले सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्न सरोकारवाला निकायको उत्तिकै सहयोग र सहकार्यको खाँचो छ भने ।

उनले हाल देशको कुल भू–भागको १३ प्रतिशत क्षेत्र नगरपालिका घोषणा भइसकेको भन्दै ४२ प्रतिशत जनता नगरपालिकामा बसोबास गर्दै आएको बताए ।

तालिममा सुरक्षित तथा स्वस्थकर नगरको विकास गर्न नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड तयार गरेको जानकारी दिइएको थियो ।

 

तपाईको प्रतिक्रिया