Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर, १९ माघ– मानवीय आस्था नेपाल भक्तपुरले भक्तपुरका नगरकोट नगरपालिकाअन्तर्गतका चारवटा स्वास्थ्य चौकीलाई सात लाख बराबरको ३७ प्रकारको औषधि वितरण गरेको छ ।
नगरकोट नगरपालिकाको संयोजनमा संस्थाले कमलविनायकस्थित यातु महादेव परिसरमा नगरकोट, बागेश्वरी, सुडाल र ताथली स्वास्थ्य चौकीलाई सोमबार औषधि वितरण गरेको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेललाई औषधि हस्तान्तरण गरेपछि पौडेलले चारवटै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी सल्लाहकार बस्नेतले सोमबार भक्तपुर बहिरा सङ्घलाई अक्षयकोषका लागि २० हजार हस्तान्तरण गरेका छन् ।
सङ्घको भवन निर्माणका लागि स्थापना भएको अक्षयकोषका लागि बस्नेतको पुस्तक ‘म महेश’ बाट सङ्कलित रकमबाट उक्त रकम अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया