Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

रौतहट– स्थानीय विश्रामपुर गाविसकी एक दलित महिलालाई सोमबार एक समूहले सामूहिक बलात्कार गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ ।

पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १ बजे घरभित्र पसी उनका श्रीमानलाई बाँधेर उनलाई करिब एक किलोमिटर परको परालको कुन्युमा लगी सामूहिक बलात्कार गरेको बताइएको छ ।

घटना भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले ती पीडितलाई उद्धार गरेको थियो । मोटरसाइकलमा आएको समूहले उक्त घट्ना गराएको हुनसक्ने छिमेकीले बताएका छन् ।

रातको समयमा घटना भएकाले हालसम्म पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । रक्ताम्मे अवस्थामा उद्धार गरिएको ती महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया