Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– आईसीसी यू-१९ विश्वकपमा भारतसँग नेपाल ७ विकेटले पराजित भएको छ । टस हारेर व्याटिङ गरेको नेपालले ४८ ओभरमा ८ विकेट खर्चेर १६७ रन बनाएको थियो ।

१७० रनको विजयलक्ष्य पछ्याएको भारतले १९ औं आभेरमा मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य प्राप्त गर्यो । भारतका ओपनर ब्याट्सम्यान रिसब पन्तले युवा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान राख्दै ३७ बलमा ७८ रन बनाए । भारतका अर्का खेलाडी इशान किसनले ५२ रन बनाए । नेपालका तर्फबाट प्रेम तामाङले २ र सन्दीप लामिछानेले १ विकेट लिए ।

भारतको तर्फबाट अभेस खान ३, मयंक डगर र वासिंटन सुन्दरले २–२ विकेट लिए । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले न्युजिल्याण्ड र आयरल्याण्डलाई पराजित गरेर क्वाटर फाइनलसम्मको यात्रा यसअघि नै तय गरेको थियो । सोमबार नेपाल भारतको खेल समूह डिअन्तर्गत समूह चरणको अन्तिम खेल थियो । नेपाललाई हराएको भारतले पनि ती दुई टोलीलाई पराजित गरेको थियो । भारत समूह बिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । भारत डिफेन्डिङ च्याम्पियन पनि हो ।

तपाईको प्रतिक्रिया