Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सप्तरीमा मोर्चाका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप
काठमाडौँ – नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिकाअनुरुप सोमबार पर्सा, सप्तरी र सोलुखुम्बुको गाउँ तथा नगर निर्वाचन हुँदैछ । विभिन्न कारणले निर्वाचन रोकिएका जिल्लामा सोमबार निर्वाचन हुन लागेको हो ।
यसैबीच सप्तरीको राजविराजमा जारी नगरअधिवेशन विथोल्न पुगेका मोर्चाका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । राजविराजको केअ माविमा अधिवेशन विथोल्न गएका मोर्चाको कार्यकर्ताको प्रतिकार हुँदा मोर्चाका तारा केशोर यादव घाइते भएका छन् । अहिले प्रहरी घेराभित्र कांग्रेस अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया जारी छ ।
बाहिर मोर्चा नाराबाजी गरिरहदा अवस्था तनावग्रस्त बनेको छ ।
यता नेपाली काँग्रेस पर्साको बैठकले गाउँ तथा नगरपालिकाको निर्वाचन कार्यतालिकाअन्तर्गत गाउँ तथा नगरको निर्वाचन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
केन्द्रीय निर्वाचन समितिले माघ १५ मा गाउँ र नगरको अधिवेशनको कार्यतालिका तय गरे पनि पर्सामा सोमबार मात्र अधिवेशन हुन लागेको हो । जिल्लाका केही गाउँ समिति र नगरका वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने निश्चित भए पनि अधिकांश वडा र गाउँमा निर्वाचन हुने पार्टीका केन्द्रीय पर्यवेक्षक निरन्जन आचार्यले जानकारी दिनुभयो । जिल्लाका नगर तथा गाउँ सबै ठाउँका लागि निर्वाचन प्रतिनिधि खटाइसकेको पनि उहाँले बताउनुभयो ।
कतिपय गाविस र नगरका वडामा सहमतिको आधारमा नेतृत्व चयन हुने देखिएको छ । महाधिवेशनअन्तर्गत जिल्ला समिति र क्षेत्रीय समितिमा आउन चाहनेले मात्र नभई महाधिवेशन प्रतिनिधि बन्न चाहने पनि गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने प्रावधानका कारण यतिखेर सबैजसो नेता, कार्यकर्ताको ध्यान आ–आफ्नो गाउँ र वडामा केन्द्रित भएको छ ।
जिल्ला अधिवेशनमा जनार्दनसिंह क्षेत्री, अजयकुमार द्विवेदी, रामनारायण कुर्मी र अशोक जयसवाल अध्यक्षका लागि आकाङ्क्षीको रुपमा अगाडि आएका छन् । त्यस्तै वीरगन्ज उपमहानगरपालिकाको अध्यक्ष पदमा सन्तोष सिंह र भोला साहबीच प्रतिस्पर्धा हुने काँग्रेसजनमा चर्चा बनेको छ ।
यसैगरी पर्सा निर्वाचन क्षेत्र नं १ मा विजय सर्राफ र महम्मद शाहवुद्दिन, क्षेत्र नं २ मा अरबिन्द गुप्ता र वीरेन्द्र पटेल, क्षेत्र नं ३ मा लालबाबु पाण्डे र गम्भीरा साह, क्षेत्र नं ४ मा श्रीकिसुन चौहान र बब्लु श्रीवास्तव तथा क्षेत्र नं ५ मा नवीन सिंहले क्षेत्रीय सभापतिको रुपमा आफूलाई अगाडि सार्नुभएको छ ।

तपाईको प्रतिक्रिया