Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

झापा – झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो ।
उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । उहाँले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ ।
झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।
लाइभ रेडियो नेटवर्क प्रालिको नाममा ढुङ्गेलले एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि उनले ठगी गरेको उजुरी परेको बताइएको छ । ढुङ्गेलले पछिल्लो समय इटहरीको एक एफएममा वार्षिक रु पाँच लाख तिर्ने गरी लिखित सम्झौता गरेर तालिम सञ्चालन गर्न थालेका थिए ।

तपाईको प्रतिक्रिया