Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

अख्तियार प्रमुखको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौं – एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर वाइसिएलले गत वैशाख १२ गतेको गोरखा भूकम्पबाट बढी प्रभावित भएका १४ जिल्लामा एक हजारका दरले कार्यकर्ता परिचालन गर्न लागेको हो । मुलुकभरका कार्यकर्तालाई अभियानात्मक रुपमा परिचालन गर्ने र पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ कार्यकर्ता परिचालन गर्न लागिएको वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । भूकम्प प्रभावित जनतालाई पुनःनिर्माणमा सहयोग गर्ने, घर तथा आवास निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ अभियानको रुपमा पुनःनिर्माणको काम गर्ने लक्ष्य राखिएको अध्यक्ष शर्माको भनाइ छ । यस्तै सातवटै प्रदेशमा स्वास्थ्य शिविर चलाउने, सामाजिक अभियानका रुपमा मालपोत, नापी, स्वास्थ्य सङ्घसंस्था, यातायात कार्यालय एवम् जिल्ला विकास समितिमा स्वयम्सेवक कार्यकर्ताका रुपमा टोली परिचालन गर्ने वाइसिएलले घोषणा गरेको छ ।

यस्तै आगामी तीन महिनाभित्र पुनःनिर्माण तथा नवनिर्माणमा सहयोग गर्ने उद्देश्यले तीन हजार बढी युवालाई सीपमूलक तालिम दिने कार्यक्रम पनि वाइसिएलले घोषणा गरेको छ । वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले युवा पलायन रोक्न र भूकम्पछिको पुनःनिर्माणलाई सहयोग गर्ने उद्देश्यले प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मीलगायतका तालिम दिने बताउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वाइसिएलले नेता तथा कार्यकर्ताको उपचारका लागि भन्दै रु एक लाख कार्यकर्ता संरक्षण कोषसमेत खडा गरेको छ । उक्त कोषलाई बढाउँदै लैजानेसमेत जनाएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त एवम् आयुक्तको सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न वाइसिएलले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया