Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा उहाँ भारत जान लाग्नुभएको हो । प्रधानसेनापतिको नियुक्तिपश्चात उहाँबाट पहिलो पटक हुन लागेको भारत भ्रमणका सिलसिलामा उहाँलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुई देशका सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन रहिआएकोे छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग पनि भेटघाट गर्नुहुने बताइएको छ । त्यस्तै, उहाँले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्नुहुनेछ ।

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिनुहुनेछ । भ्रमणदलमा श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्री शम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायकरथी काजीबहादुर खत्रीलगायत नौजना रहनुहुने निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षत्री यही माघ २३ गते स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया