Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कलैया – कलैया नगरपालिका–६ का मोहन साहको घरमा गए राति ग्यास सिलिण्डर विस्फोट भई आगलागी हुँदा करिब रु सात लाख ५० हजार बराबरको क्षति भएको छ ।

घरको छतमा रहेको उक्त ग्यास सिलिण्डर अचानक विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा सो घरको छतसमेत प्वाल परी कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त आगलागी कलैया नगरपालिकाका वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया