Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोहोरीमा झूमे नेपालीहरु

टोकियो – जापानको राजधानी टोकियो र टोकियोको पनि केन्द्रबिन्दु सिन्जुकु नजिकैको नेपाली बस्ती शिनओकुबोमा शनिबारदेखि बिधिवतरुपमा रोधी क्लव शुरु भएको छ । Gehendra 1

रोधीको पहिलो दिन भेला भएका सयौ नेपालीहरुलाई नेपालबाट आएका चर्चित कलाकारहरुले वर्षौ देखिको रोधीको तिर्सना मेटाएका थिए ।

Shanti 2जापानका नेपाली ब्यवसायीहरुको एक समुहको लगानीमा सुरु भएको सो रोधीको जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पानसमा दियो प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यबाहक राजदूत राजभण्डारीले जापानमा नेपालीहरुले हासिल गरेको ब्यवसायिक प्रगतिको अर्को फड्कोको रुपमा रोधी क्लव सुरु भएको बताउनुभयो । ब्यवसायिक सफलताको कामना गर्दै उहाँले रोधीले नेपाली कला र सँस्कृतिको माध्यमबाट जापानी समुदायमा नेपालको प्रचारमा यथेष्ट सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायकद्वय सञ्जय गुरुङ र देवराज आले मगर, गायिकाद्वय शान्तिश्री परियार र शिला गुरुङको घम्साघम्सी दोहोरीमा नेपालीहरु अवेरसम्म झूमेका थिए ।
यसैगरी नृत्याङ्गना सलिना नेपालीको आकर्षक नृत्यलाई पनि दर्शकहरुले निकै मन पराए ।

समारोहमा सञ्चालकहरुको तर्फबाट ब्यवसायी नरबहादुर थापाले रोधीमा उपस्थित अतिथिगण, कलाकार, वाद्यवादक र शुभचिन्तकहरु सबैमा स्वागत गर्नुभएको थियो भने मिडिया क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार कृष्ण भण्डारी ’भावुक’ र कलाकारहरुको प्रतिनिधित्व गर्दै गायक रामकृष्णबम मल्लले रोधीको ब्यवसायिक सफलताको कामना गर्नुभएको थियो ।

बोल्ने वक्ताहरुले सात समुद्रपारको बिरानो मुलुकमा नेपाली गीत, संगीत, कला र संस्कृतिको श्रीबृद्धिमा रोधी क्लवले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार ब्यक्त गर्नुभएको थियो । Shila

जापानको ब्यस्तता र थकानलाई आफ्नै मौलिक साँगीतिक माहौलमा रमाउने बिसौनीको रुपमा टोकियो रोधी क्लव सुरु भएको बताउँदै रोधी परिवारका अध्यक्ष महेन्द्र खड्काले केही ब्यक्तिहरुको अगुवाईमा रोधी सुरु भएको भएता पनि रोधी जापानका नेपालीहरुको साझा घर भएको धारणा ब्यक्त गर्नुभयो ।

गायक देवराज आले मगर र गायिका शान्तिश्री परियारको आवाजमा ‘जाग, लम्क, चम्क हे नवजावन हो’ … बोलको राष्ट्रगानबाट सुरु भएको रोधीको पहिलो दिनमा दर्शकहरु दरौदीको पानीले हुर्किएको म, अझै छु म पागल बनेको, यहि त होला माया भनेको, त्यो रानी बनको तिरतिरे धारो सालैजो, गोर्खाकी छोरी म, जस्ता गीतमा भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रममा सोना केसी, बम पुन, शंकर श्रेष्ठ, सुरेन्द्र सुनार लगायतका स्थानीय कलाकर्मीहरुको पनि साँगीतिक प्रस्तुती रहेको थियो ।

रोधीमा बिनोद भण्डारी, विष्णु अर्याल, छबि पाण्डे लगायतका जापानका दोहोरीका हस्ती गायकहरुले शान्तिश्री परियार र शिला गुरुङलाई आच्छुआच्छु पारेका थिए ।

कार्यक्रममा कलाकारहरुलाई रोधीका सञ्चालकहरु महेन्द्र खड्का, नरबहादुर थापा, महेन्द्र बानिया, दिपक सुबेदी, अर्जुन अधिकारीले खादार्पण गरी स्वागत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा केही हप्ता अगाडि मात्र जिम्मेवारी सम्हाल्न आउनुभएका जापानका लागि कार्यवाहक राजदूत राजभण्डारीलाई पनि खादार्पण गरी रोधी क्लवका तर्फबाट स्वागत गरिएको थियो ।

कार्यक्रमको अन्तमा, स्थापित ब्यवसायी एवं एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहनुभएका रोधी क्लव परिवारका अर्का सदस्य भवन भट्टले जापानमा नेपालीहरुले समुहमा मिलेर आफ्नै संसार निर्माण गर्ने क्रमको अर्को शृङ्खलाकोरुपमा रोधी क्लवको स्थापना भएको धारणा ब्यक्त गर्नुभयो । उहाँले जापानमा हामी नेपालीहरुले सभ्य, मर्यादित र अनुशासित भएर हाम्रा कला र सँस्कृतिमा आफु पनि रम्दै जापानी समुदायमा पनि प्रचारप्रसार गरी मुलुकको पर्यटन प्रबर्धनमा टेवा पुर्‍याउन सक्नुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रमको औपचारिक समुदघाटन समारोहको नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष समेत रहनुभएका रोधी क्लव परिवारका अर्का सदस्य तिलक मल्लले र साँगीतिक चरणको गायिका शान्तिश्री परियारले सञ्चालन गर्नुभएको थियो ।

सभा, गोष्ठि, सेमिनार, भेला, अधिवेशन जस्ता औपचारिक कार्यक्रम र बिबाह, ब्रतबन्ध, पास्नी, वाषिर्कोत्सव लगायतका भोजभतेर गर्नका लागि २ सय सीट क्षमता भएको रोधी क्लव नेपालीहरुको अति पायक पर्ने ठाउँ शिनओकुबोमा अवस्थित छ । जहाँ मिलन, केबी किचन, नेपाली खाजाघर मोमो, चौतारी, हटचिल्ली, सोलमारी, स्वल्टी, नाङ्लो, रातोभाले लगायतका टिपिकल नेपाली खाना पाईने करिव दर्जन जति नेपाली भोजनालयहरु सञ्चालनमा छन् । यद्यपि एउटै छानामुनि खाना, गाना र बजाना अर्थात आफ्नै मौलिक साँगीतिक मनोरञ्जनसहितको फराकिलो सभाहल भएको भने टोकियो रोधी क्लव नै जापानमा पहिलो भएको अध्यक्ष खड्का दावी गर्नुहुन्छ ।

रोधी क्लवको आज आइतवार दोस्रो दिन पनि मौलिक लोकभाकाहरु र धमाकेदार बिशेष लोकदोहोरीको प्रस्तुती सहित ओपनिङ पार्टी हुने बताईएको छ ।***
Group Gemendra Group ok Group Salina Sanju 1 Sanju 3 Sanju Shanti 1 ShilaBhaban 2

तपाईको प्रतिक्रिया