Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने दाबी गर्नुभएको छ ।

कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताउनुभयो ।

नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’ नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली कांग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया