Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आफ्नो मन्त्रालयले नेपाललाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना ल्याएको बताउनुभएको छ ।

नेकपा ९एमाले० निकट अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ पेसागत विभागले यहाँ शनिबार संयुक्त रूपमा आयोजना गरेको पेसाकर्मी महिलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका संस्थापक अध्यक्ष समेत रहनुभएका मन्त्री मानवीले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै खास गरी नेपाली महिला आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो ।

महिला सङ्घ पेसागत विभागका संयोजक शिला क्षेत्रीले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्ने बताउनुभयो । अधिवक्ता विष्णुमाया भुसाल र नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले अधिकारका लागि महिला नै सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया