Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बैतडी – जिल्ला अदालत दार्चुलाबाट फैसला भएका विभिन्न मुद्दाका १७२ अभियुक्त फरार रहेका छन् ।
जिल्ला अदालतको यो तथ्याङ्क विस २०३९ देखि २०७२ पुस मसान्तसम्मको हो । तथ्याङ्कअनुसार ४२ जनालाई कैद, १०१ जनालाई जरिवाना तथा ३० जनालाई कैद र जरिवाना गरी दुवै सजायको फैसला भएको छ । हालसम्म १३७ वर्ष नौ महिना पाँच दिन कैद बाँकी रहेको छ भने करिब रु १२ लाख २१ हजार जरिवानास्वरुप असुल गर्न बाँकी रहेको छ ।
त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा ४६ वर्ष तीन महिना कैद तथा करिब रु सात लाख ३८ हजार जरिवाना असुल भएको जिल्ला अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया