Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भरतपुर – भरतपुरको कृष्णपुरमा निर्माणधिन पञ्चेश्वर शिव मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भरतपुर उपमहानगरपालिका वडा नम्वर ७ कृष्णपुरमा रहेको तेह्र साल चोकमा रहेको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
१५ धुर क्षेत्रफल जग्गामा गतवर्ष मंसीर २० गते बहुतल्ले पञ्चेश्वर शिव मन्दिरको सिलन्यास गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रामनाथ खनालले जानकारी दिनुभयो । मन्दिर निर्माण कार्य सम्पन्न भएपछि काठमाण्डौबाट आकर्षक शिव भगवान्को मुर्ति ल्याइने निर्माण समितिले जानकारी दिएको छ । काठमाण्डौस्थित कृष्णमन्दिरका मुर्तीकारले मुर्ती निर्माणको काम तिव्र रुपमा गरिहरेको निर्माण समितिका अध्यक्ष खनालको भनाइ छ ।
यहि फागुन २४ गते परेको महाशिवरात्रि पर्वको अवसर पारेर पञ्चेश्वर शिव मन्दिरको उद्धघाटन गर्ने तयारी भईरहेको मन्दिर निर्माण मुल समितिका अध्यक्ष भागिरथ पाहारीले जानकारी दिनुभयो । शिवरात्रिको दिन देखी बिहान बेलुका नियमित पुजापाठ पनि सुरु गरिने बताइएको छ । गतवर्ष कार्तिक २० गते बसेको धर्म सभा बैठकले मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो ।
मन्दिर निर्माणको लागि ४६ लाख रुपैँया आर्थिक संकलन गरिएको उहाँले बताउनुभयो । मन्दिर निर्माण मुल समितिका अध्यक्ष भागीरथ पाहारीले मन्दिर निर्माणको लागी जग्गा दान गर्नुभएको थियो । भक्तपुरबाट ल्याइएको कलात्मक इँट्टाले मन्दिर निर्माण गरिएको छ । भक्तपुरको कलात्मक इँट्टा र कालीगढले मन्दिर निर्माण गरेको मन्दिर निर्माण मुल समितिका अध्यक्ष तथा जग्गादाता भागीरथ पाहारीले जानकारी दिनुभयो । मन्दिरमा कलात्मक झ्याल ढोका तथा फर्निचरहरु जडान गरिने उहाँले बताउनुभयो ।
मन्दिर निर्माणको लागी तेह्र साल चोकमा रहेका ८४ घरधुरी सबैलाई आजिवन सदस्य बनाएर आर्थिक संकलन गरिएको मन्दिर निर्माण समितिले जनाएको छ । मन्दिर निर्माण स्थल तेह्र साल चोकमा हिन्दु, बौद्ध, मुस्लिम लगायतका फरक फरक धर्ममा आस्था राख्ने स्थायिनको सहयोगमा मन्दिर निर्माण गरिएको हो । स्थानियहरुले स्वस्फुर्त रुपमा चन्दा संकलन, देउसी भैलो लगायतका कार्यक्रम गरी आर्थिक संकलन गरेको मन्दिर निर्माण मुल समितिका अध्यक्ष पाहारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया