Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

वीरगन्ज– विगत पाँच महिनादेखि बन्द रहेको वीरगन्ज रक्सौल भन्सार नाका शुक्रबार बिहान केही घण्टाका लागि खुलेपनि पुनः अवरुद्ध भएको छ ।

उक्त नाका भएर शुक्रबार बिहान पाँचवटा मालबाहक ट्रक नेपाल भित्रिएका थिए भने तीनवटा खाली ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । नेपाल भित्रिएका मालबाहक ट्रकमा मेसिनरी औजार रहेको बताइएको छ । नाका खुलेको खबर सार्वजनिक हुना साथ मधेस केन्द्रित दलका कार्यकर्ताले पुनः नाका अवरुद्ध पारेका छन् । आन्दोलनकारीले नेपाल भारत सीमामा रहेको मितेरी पुलमा टायर बालेर प्रदर्शन गरेपछि पुनः नाका अवरुद्ध भएको हो ।

तपाईको प्रतिक्रिया