Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – देशैभरि एकैसाथ हुने भनिएको नेपाली कांग्रेसको गाउँ, नगर तथा वडा स्तरीय अधिवेशन कतिपय स्थानमा स्थगित भएको छ । हिमाली जिल्लामा बढ्दो चिसोले हिउँ परेको र तराईमा मधेशी मोर्चाको अवरोधका कारण अधिवेशन स्थगित भएको बताइएको छ ।

सोलुखुम्बुका सबै गाउँ र वडा अधिवेशन स्थगित भएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा ठाउँ-ठाँउमा बाटो अवरुद्ध भएकाले केन्द्रीय प्रतिनिधि पुग्न नसकेकाले अधिवेशन स्थगित भएको हो । सोलुमा माघ १८ गते अधिवेशन हुने भएको छ । सोलुखुम्बुमा जिल्ला सभापति आङगेलु शेर्पा र केन्द्रीय सदस्य बलबहादुर केसी समूहबीचमा क्रियाशील सदस्यता बितरण विवाद रहेको छ ।
त्यसतै मधेशी मोर्चाको अबरोधका कारण सप्तरीको बथनाहामा कांग्रेसले अधिवेशन नै स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया