Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – चितवनको माडी उपत्यकामा महिलाले सञ्चालनमा ल्याएको सहुलियतको ‘सामुदायिक सूचना केन्द्र’ प्रभावकारी देखिएको छ । सबै सेवा एकै ठाउँमा पाएपछि अहिले सूचना केन्द्रमा गाउँगाउँबाट उपभोक्ता प्रविधिको प्रयोग गर्न आउने गरेका छन् । केन्द्रमा अघिल्लो वर्षभन्दा ग्राहक बढेकाले आम्दानीसमेत बढ्दै गएको छ ।
घरनजिकै सूचना केन्द्र स्थापना भएपछि स्थानीय गाउँलेले सहज भएको बताएका छन् । अन्य क्षेत्रको भन्दा सस्तो भएकाले विदेशमा रहेका आफन्तसँग हेरेरै कुरा गर्नेदेखि फोटोकपी तथा फ्याक्स पठाउनसमेत निकै सजिलो भएको स्थानीयवासी गङ्गा भण्डारीले बताउनुभयो ।
सूचना केन्द्र नहुँदा गाउँले टाढाटाढासम्म धाउनुपर्ने अवस्था थियो तर अहिले भने यहाँको सूचना केन्द्रमा प्रविधिको प्रयोगसमेत बढ्दै गएको छ । जसले सूचना केन्द्रको आम्दानीमा समेत वृद्धि भएको केन्द्रकी सञ्चालक इन्दिरा विकले बताउनुभयो । गाउँको विपन्न महिलाले चलाएको समन्वय महिला कृषि सहकारी संस्थामार्फत सूचना केन्द्र सञ्चालित छ ।
कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सक्षम कार्यक्रममार्फत विपन्न महिलालाई समूहबाट सहकारीमा आबद्ध गराएको थियो । अहिले सहकारीले नमुना काम गर्दै आएको स्थानीयवासी श्रीप्रसाद दवाडीले बताउनुभयो । एकातर्फ महिलाको सहकारीले विपन्न महिलालाई कृषि उद्यमी बनाएको छ भने अर्कातर्फ सूचना केन्द्र सञ्चालन गरेर स्थानीयवासीलाई सेवासँगै आयआर्जनको अवसर दिएको छ ।
मुख्यगरी उक्त सहकारीलाई गएको वर्ष सूचना केन्द्र सञ्चालनका लागि सञ्चार मन्त्रालयबाट रु १० लाख ५४ हजार आएको थियो । जिविस चितवनबाट रु एक लाख सात हजार, केयर नेपालको ३५ हजार तथा अन्य रकम सहकारीको गरी १३ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको सहकारीकी अध्यक्ष इन्दिरा विकले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ९८ हजार कमाइ भएको सूचना केन्द्रमा यो आर्थिक वर्षको ६ महिनामा रु एक लाख ३२ हजार आम्दानी भइसकेको छ । यहाँ फोन, फ्याक्स, फोटोकपी, लेमिनेसनसँगै भिडियो कल, स्क्यानिङलगायतका सेवा सुहलियत दरमा छ ।

तपाईको प्रतिक्रिया