Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– पूर्वअर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनःनिर्माण अभियान अगाडि बढ्न नसकेकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको बताउनुभएको छ ।

दि बैंकर म्यागाजिनले प्रदान गर्ने विश्वका उत्कृष्ट अर्थमन्त्रीको सम्मान(अवार्ड) ग्रहण गरी बेलायतबाट स्वदेश फिर्ता हुनुभएको पूर्वअर्थमन्त्री डा महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपाल–भारत सीमानाको अवरोध र प्राधिकरणको निर्माण यसको गतिविधिमा भएको ढिलाइले दाताले चिन्ता व्यक्त गर्नुभएको बताउनुभएको हो ।

विपरीत स्थितिमा पनि वित्तीय सन्तुलनलाई कायम राख्न सफल भएको र भूकम्पपश्चात् पनि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गरी सहायतालाई परिचालन गर्न सफल भएकामा उहाँलाई दि बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा बेलायतको फाइनान्सियल टाइम्सको मुख्यालयमा बैंकर म्यागाजिनका प्रधानसम्पादक ब्रेयन काप्लेनले सम्मान गर्नुभएको थियो ।

तराई मधेसमा जारी आन्दोलन, नाकाबन्दी एवम् कार्यशैलीमा भएको ढिलाइका कारण पुनःनिर्माणका कार्यमा ढिलाइ भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालको व्यापारिक नाकामा देखिएको अवरोध हट्नुपर्ने बताउँदै डा महतले भन्नुभयो– “सीमानामा देखिएको अवरोधको कुनै तुक छैन, वैदेशिक व्यापारलाई राजनीतिसँग जोड्न मिल्दैन ।”

अन्तर्राष्ट्रिय व्यापारलाई आन्तरिक कुराले प्रभावित गर्न नहुने बताउँदै उहाँले भारतसँग सशक्त कूटनीतिक पहल गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सानो मुलुकको कमजोर अर्थतन्त्र भएको देशको अर्थमन्त्रीको कामलाई अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष रुपमा मूल्याङ्कन दिएकामा आफूलाई सन्तुष्टि मिलेको बताउँदै उहाँले यो सम्मान सिङ्गो मुलुक र सरकारलाई दिएको धारणा राख्नु भयो ।

तपाईको प्रतिक्रिया