Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
प्युठान- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माओवादीका सच्चिएको र नसच्चिएको गरी दुईटा अनुहार रहेको विश्लेषण गर्दै नसच्चिएको माओवादीसँग सहकार्य हुन नसक्ने घोषणा गर्नुभएको छ ।
पार्टीको प्युठान जिल्लास्तरीय प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उदघाटन गर्दै उक्त कुरा बताउनुभएको हो । विजुवार बजारको गणतान्त्रिक मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले शान्ति र संविधानमा कुनै अवरोध आए माओवादीकै कारण मात्र आउने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘हाम्रो पार्टी सम्पूर्ण रुपमा निर्धारित समयभित्र शान्ति र संविधान निर्माण पूरा गर्न प्रतिबद्ध छ ।’ उहाँले कम्युनिस्ट आन्दोलनका धेरै नेताहरुको उद्गमस्थलका रुपमा रहेको प्युठानमा एमालेलाई बलियो बनाउनका लागि पार्टी पंक्ति जनताका बीचमा पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया