Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भोली देशैभरि गाउँ र नगर अधिवेशन
काठमाडौँ – नेपाली कांग्रेसमा १३ औ महाधिवेशनको चटारो छ । गाँउ, क्षेत्र, नगर, जिल्ला अधिवेशनबाट चुनेर आएका प्रतिनिधिले मात्र महाधिवेशनमा भाग लिन पाउने नियमका कारण कांग्रेस नेता तथा कार्यकर्ताहरु समेत महाधिवेशका लागि स्थानीय तहदेखिकै तयारीमा लागेका छन् । केन्द्रिय कार्यालय सानेपाका अनुसार महाधिवेशन गर्न कांग्रेसले तयारी लगभग पूरा गरेको छ ।
भोली शुक्रबार देखि सुरु हुने स्थानीय तहको निर्वाचनका लागि केन्द्रिय नेताहरु समेत आ–आफ्नो गाँउ तथा जिल्ला पुगेका छन् । निर्वाचनको समयमा मात्र गाँउ सम्झने भनी आरोप लाग्नेगरेका अधिकांश नेताहरु अहिले स्थानीय तहको निर्वाचनमा नै जुटेका छन् ।
नेताहरु जिल्ला पुगेसंगै कांग्रेस भित्रको गुट उपगुटपनि स्थानीय तहसम्म पुगेको छ । केन्द्रमा प्रष्टरुपमा सस्थापन पक्ष र देउवा पक्ष भनी दुइ धार देखिएपनि जिल्लामा भने नेता नेता बीचको गुट उपगुटका कारण कार्यकर्ताहरु धेरै समूहमा विभाजित छन् । महाधिवेशनको तयारी पुरा गरेको बताएपनि क्रियाशील सदस्यका विषयमा भने एक दर्जन बढी जिल्लामा विवाद कायमै छ ।
कांग्रेसले क्रियाशील सदस्यताका विषयमा विवाद भएका जिल्लाहरुमा पुरानो सदस्यतालाई नै कायम राख्दै नयाँ नथप्ने भनी निर्णय गरेको थियो । प्राविधिक रुपमा क्रियाशील सदस्यको विषयमा कुरा नमिलेपछि कांग्रेसले राजनीतिक निर्णय गरेको थियो ।
१३ औ महाधिवेशनमा मात्र कांग्रेसले दुइलाख १३ हजार क्रियाशील सदस्य थप गरेको छ । कांग्रेसको १२ औ महाधिवेशनमा रहेका तीन लाख १६ हजार आठ सय ६६ जना मध्य करिब दुइ लाख ६० हजारले मात्र क्रियाशील सदस्यता नविकरण गरेका थिए । पुरानो र नयाँ गरी कांग्रेसमा करिब पौने पाँच लाख क्रियाशील सदस्यहरु पुगेका छन् ।
क्रियाशील सदस्य छानविन टुङग्याउदै कांग्रेसले ७५ ओटै जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरु खटाइसकेको छ । सम्पूर्ण तयारी पूरु गरेको कांग्रेसले भोली माघ १५ गते शुक्रबार गाउँ, नगर वडा, र नगर अधिवेशन गर्ने तयारी गरिरहेको छ ।
कांग्रेसले शुक्रबार निर्वाचन गर्न सम्भव नभए शनिबार निर्वाचन सम्पन्न गर्न सुचना जारी गरेको छ । त्यसतै क्षेत्रिय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्ने र केन्द्रिय महाधिवेशन फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार नै महाधिवेशन प्रतिनिधि देखि महासमिति सदस्यपनि स्थानीय निकायबाट नै चुनिएर आउनु पर्ने भएपछि स्थानीय, क्षेत्रिय, जिल्ला देखि केन्द्रिय नेताहरु समेत अहिले गाँउ केन्द्रित भएका छन् ।

तपाईको प्रतिक्रिया