Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – दक्षिण चितवनको माडीमा जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु भएको छ ।

तराई भूपरिधि कार्यक्रम तालको सहयोगमा माडीको सोमेसोर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परिवर्तित जलवायु अनुकूलनका गतिविधि तथा उत्पादन गर्ने गरी कार्यक्रम सुरु गरिएको हो । तालको अध्ययनले तराई क्षेत्रको मकवानपुरस्थित हाँडीखोला, चितवनको माडी र दाङको लमही क्षेत्र जलवायु परिवर्ततको प्रभाव बढी पर्छ भनेर देखाएकाले सो क्षेत्र छनोट गरी तालले कार्यक्रम सुरु गरेको उक्त परियोजनाका प्रेम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभ्यास कार्यक्रममार्फत यो वर्ष करिब रु ४२ लाखको लागतमा यहाँका खहरे खोलामा चेक ड्याम निर्माण गर्ने, जैविक इन्जिनियरिङ प्रविधिबाट खोलाको व्यवस्थापन तथा बाँसको भकारी बनाउने, बाँस, नियालो, अम्रिसो र विभिन्न रूख बिरुवा रोप्ने काम सुरु भएको छ । योसँगै अनुकूलनकै खेती प्रणालीसमेत अपनाउन थालिएको छ । माडीस्थित बघौडास्थित छरछरे, घोषरी, ढिकुरबारी, राधापुरलगायत क्षेत्रमा अहिले जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु गरिएको छ ।

जिल्लाको चुरे क्षेत्रका सातवटा खोलाको उपजलाधार क्षेत्रमा मुहानदेखि नै बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरी खोलाको बहाव नियन्त्रण गर्दा तल्लो तटीय क्षेत्रमा प्रभाव कम हुने गरेको पाइएको छ । लामो खोला साँघुरिएको र बहाव घटेकाले असर कम हुँदै पछिल्लो केही वर्षमा पुरिएका करिब ३०० बिगाहा क्षेत्रमा फेरि स्थानीयवासीले आवादी सुरु गरिसकेको समेत पौडेलले बताउनुभयो ।

सो क्षेत्रमा अहिले टनेल खेती लगाउने र पानीका मुहानको व्यवस्थापन र पोखरी निर्माण गरेर सिँचाइको विकास गरेको स्थानीयवासीले बताएका छन् । कार्यक्रममार्फत १५० भन्दा बढी घरधुरीले व्यावसायिक तरकारीखेती गर्न थालेको र जलवायु कृषक पाठशालासमेत सञ्चालन गर्न थालेको जानकारी ताल कार्यक्रमका सामुदायिक संरक्षण सहजकर्ता एकराज भण्डारीले दिनुभयो । क्षेत्रको वन संरक्षणका लागि १० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण र १० हेक्टरमा बाँस खेती लगाउन थालिएको छ । ***

तपाईको प्रतिक्रिया