Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

रोग अझै पत्ता लागेन
पर्सा – तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएको छ । जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका छन् । तीन महिनाकी नातिनीलाई अपराह्न्न तेल लगाई सुताएको र उनको सुतिरहेकै अवस्थामा मृत्यु भएको हजुर आमा श्रीपती देवी ठाकुरले बताउनुभयो । उहाँले तेल लगाई सुताएको एक घण्टा नबित्दै नातिनीको मृत्यु भएको जानकारी दिनुभयो ।
स्थानीय साहेब बाबुप्रसाद कानुलाई विगत एक महिनादेखि ज्वरो आएपनि काठमाडौँको शिक्षण अस्पतालमा समेत उपचार गराउँदा कारण पत्ता लगाउन नसकेको उनका पिता शम्भुप्रसाद कानुले बताउनुभयो ।
विगत तीन महिनाभित्र टोलमा रहेका २६ जनाको मृत्यु भएपछि देउताको प्रकोप लागेको होकी भन्दै सतवरिया टोलका बासिन्दाले अष्टजाप तथा पाठ पूजाको आयोजना गरी देउता खुसी पार्न लागेका छन् ।
अज्ञात रोगका कारण १२ वर्षमुनिका आठ, १२ वर्षदेखि ५५ वर्षका छ र ७५ देखि १०२ वर्षबीचका १२ गरी २६ जनाको मृत्यु भएको जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत राजकिशोर प्रसादले जानकारी दिनुभयो । उहाँले मृत्यु भएको विषयमा लगत सङ्कलन गरीएको र रोग पत्ता लगाउन जन स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया