Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत आपूर्ति तालिका यथार्थ बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । लोडसेडिङ तालिकाभन्दा छिटो विद्युत आपूर्ति बन्द हुने तर ढिलोगरी आउने गरेको उजुरी बढेपछि आयोगले प्राधिकरणका पदाधिकारीहरुलाई बोलाएर निर्देशन दिएको हो ।

तालिकाभन्दा २० मिनेट छिटो आपूर्ति बन्द हुने तर २० मिनेट ढिलो आउने भएपछि संवेदनशिल क्षेत्रका उपभोक्तालाई समेत मर्का पर्ने देखियोु अख्तियारस्रोतले भन्यो, अस्पतालको अपरेशन थिएटर, दमकल लगायतका आकस्मिक सेवामा समेत तालिकाको भर परेर काम गर्दा ठूलो संकटको सम्भावना देखेकाले तालिका अद्यावधिक गर्न निर्देशन दिएको हो । हाल सातामा एक दिनबाहेक अरु ६ दिन दुईपटक लोडसेडिङ हुन्छ । जाँदा र आउदा आधारआधा घण्टाका दरले हुने ढिलाईले दैनिक २ घण्टा अघोषित रुपमा लोडसेडिङ बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया