Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बैतडी – बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय देवल निवासी ४६ वर्षीया पे्रमबहादुर खड्का रहेका छन् । गएराति १०ः३० बजेतिर आफ्नै तीनतले कच्ची घरमा आगो लाग्दा खड्काको घटनास्थलमा नै जलेर मृत्यु भएको हो । उहाँकी ४३ वर्षीया श्रीमती उजेली खड्का र २४ वर्षीया बुहारी गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । अत्यधिक मादकपदार्थ सेवन गरी चुरोट सेवन गरिरहेका बेला घरमा आगो सल्केको बताइएको छ ।

घाइतेको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । करिब दुई घन्टापछि आगो नियन्त्रणमा आए पनि आगलागीबाट करिब रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया