Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चौतारा– सिन्धुपाल्चोकको हिमाली क्षेत्रको सेलाङ गाविस–१ बाँसखर्क र खरिगाउँका शिविरमा रहेका भूकम्पपीडित परिवार अति चिसोका कारण विचल्लीमा परेका छन् ।

सोमबार राति करिब २० मिनेट परेको असिना पानी र हावाहुरीले शिविरमा रहेका पीडितका छाप्रामा ओढाइएका त्रिपाल च्यातिएपछि पानी चुहिएर बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धाको बढी विचल्ली भएको हो ।

माथिल्लो भागमा बाक्लो हिउँ परेको र त्यसैको असरले वस्तीमा समेत करिब दुई इन्च बाक्लो असिना परेको छ । त्यसको असरले अत्यधिक चिसो बढेकाले आगो तापेर रात कटाउनुपरेको पीडित नेत्रबहादुर थापाले जानकारी दिनुभयो ।

मौसम फेरवदलको कारण मंगलबार पनि आकाश धुम्मिएकाले चिसो बढेको छ । वैशाख १२ गतेको भूकम्पले जमिन चिरा परेपछि सेलाङ, बतासे, पाङ्ताङ्, गुम्बा र गोल्चे गाविसका १९० परिवार सो शिविरमा बस्दै आएका छन् ।

शिविरमा न्यानो कपडा वितरण गरिएपनि थोरै सदस्य भएका भन्दा १२/१५ जनासम्म सदस्य रहेका परिवारलाई बढी असर परेको पीडितले बताएका छन् ।

तपाईको प्रतिक्रिया