Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – पत्रकार हिरालाल विश्वकर्मामाथि सोमबार राति अज्ञात व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएका छन् । मध्य बानेश्वर स्थित हिमालय टाइम्स दैनिकको कार्यालयबाट काम सकेर घरतर्फ फर्कने क्रममा राति नौं बजे भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा नचिनेका व्यक्तिले उनीमाथि एक्कासी आक्रमण गरेका थिए ।
आक्रमणकारीले उनको ढाडमा प्रहारी गरी लडाएर कुटपीट गर्दै साथमा रहेको केही पैसा र महत्वपूर्ण कागजात लिएर भागेका थिए । उनी हाल उपचारपछि आराम गरिरहेका छन् । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा दलीत विभाग प्रमुख विश्वकर्मा हिमालय टाइम्सको प्रमुख संवाददाता समेत हुन । प्रेस युनियन केन्द्रिय समितिले आक्रमणको घोर निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै राजधानीको सुरक्षा व्यवस्था फितलो रहेको र पत्रकारमाथि आक्रमण भएको ठहर गरेको छ । आक्रमण र लुटपाटको भत्सर्ना गर्दै दोषीहरुको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन स्थानिय प्रसासन तथा प्रहरी प्रसासन समक्ष जोडदार माग गर्दछ, विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया