Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

तनहुँ – काठमाडौँबाट पोखरातर्फ जादै गरेको एक कार मंगलबार बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बा८च ७५९१ नं को कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा माओवादीबाट सांसद बन्नुभएका काठमाडौँ महानगरपालिका हात्तीवन निवासी ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारैजना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सांसद शाही सामान्य घाइते हुनुभएको छ ।
उक्त दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेको छ ।
त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया