Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो ।
आयोजनाका लागि इन्धनको सहज र बाहिरबाट मगाइएका उपकरण सीमा नाकाबाट आउन थालेपछि आयोजनाको काम सुरु भएको आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा नेपाल आयल निगम गगनगौडा डिपोले दैनिक एक हजार ५०० लिटर इन्धन उपलब्ध गराउने सहमति भएको र कामका लागि आवश्यक पर्ने सिमेन्टको पनि व्यवस्था भएकाले आयोजनाको काम अब द्रुत गतिमा अघि बढ्ने बताइएको छ ।
आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकेको र अन्य कामसमेत गरी हालसम्म ८५ प्रतिशत काम सकेको आयोजना प्रमुख कोइरालाले बताउनुभयो ।
आयोजनाको काम बन्द भएपछि आ–आफ्नो घर गएका प्राविधिक र कामदार पनि काममा फर्केका छन् । अब कुनै अवरोध नहुने हो भने यसै आर्थिक वर्षको असार मसान्तसम्ममा सम्पूर्ण काम सकेर विद्युत् उत्पादन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया