Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण सोमबार काठमाडौँ उपत्यकासहित देशका मध्य र पूर्वी भेगको मौसममा खराबी आएको छ ।

मौसम बदली भई केही भेगमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदलीसँगै काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ३.८ भएका कारण बढी चिसो महसुस गरिएको छ ।

उपत्यकामा फाट्टफुट्ट र केही पहाडी भेगमा हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार देशभर मौसम बदली हुने तथा केही पहाडी भेगमा हल्का वर्षा हुनेछ ।
सोमबार पश्चिमका केही जिल्लामा समेत मौसमको प्रभाव परेको छ तर तराई भेगमा भने मौसम सफा रहेको छ ।

तपाईको प्रतिक्रिया