Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

विमानसेवा अवरुद्ध
विराटनगर – पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । तीन/चार दिनदेखि बाक्लो हुस्सुका साथै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणका साथै चौंपाया र आलुुबालीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ ।

अत्यधिक चिसाका कारण मानिस घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । विराटनगर बजारमा बाटो हिँड्नेहरूको चहलपहल निकै कम भएको छ । चिसोका कारण व्यापार व्यवसायमा समेत प्रभाव परेको छ । अत्यधिक चिसोका कारण बढी गृहिणीहरूमा बढी असर पर्ने गरेको गृृहिणी अमिता झा बताउनुहुन्छ, “घरको कामकाज गर्दा पटकपटक पानी चलाइरहनु पर्ने हुँदा अत्यधिक जाडो हुने र रुघाखोकीको प्रकोपलगायतका कठिनाई हुने गरेको छ ।”

अत्यधिक चिसोको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । विराटनगरस्थित अधिकांश कार्यालयमा विगतका दिनको तुलनामा सेवाग्राहीको चाप पातलिएको कार्यालयले जनाएको छ । चिसोको प्रभाव सार्वजनिक यातायातका साधनमा पनि देखिएको छ । विगत दुई दिनदेखि काठमाडौँं, विराटनगर विमानसेवा अवरुद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया