Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बागलुङ – भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले निर्माणाधीन ठेउलेखोला जलविद्युत आयोजनाको काम प्रभावित बनेको छ । जिल्लाको कुश्मिसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको जलविद्युत आयोजनाको निर्माण कार्य यसै वर्ष पूरा हुनुपर्नेमा निर्माण अवधि वर्षदिन पछि धकेलिएको छ ।
१.५ मेगावाट क्षमताको सो आयोजनाको काम गत असारदेखि पुससम्म ठप्प बनेको साइट इन्जिनियर सागर शर्माले बताउनुभयो । माघ लागेपछि काम सुरु भएपनि पहिलेकै गतिमा आउन सकेको छैन ।
गत मङ्सिरभित्र निर्माणसक्ने लक्ष्य लिइए पनि हालसम्म ४० प्रतिशतमात्र काम पूरा भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । “भूकम्पपछि नै आयोजनाको काम प्रभावित बनेको छ, नाकाबन्दी र इन्धन सङ्कटले त काम ठप्प भयो” – इन्जिनियर शर्माले भन्नुभयो ।

भूकम्प गएपछि घर गएका प्रभावित क्षेत्रका मजदुरहरु लामो समयसम्म काममा फर्कन नसकेको उहाँको भनाइ छ । साइट इन्जिनियर शर्माका अनुसार मजदुरहरु पनि नियमित काममा आउने अवस्था नरहेको र निर्माण सामग्री र इन्धनको पनि आपूर्ति हुन नसकेको कारण काम प्रभावित भएको हो ।
निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको लागत पनि दश प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सहजरुपमा इन्धन उपलब्ध हुन नसके फेरि पनि आयोजनाको काममा बाधा आउने आयोजना व्यवस्थापनले जनाएको छ । वर्षायाम अगावै ८० प्रतिशत काम पूरा हुने आयोजनाका जनसम्पर्क अधिकृत सूर्य पौडेलले बताउनुभयो । सिभिलतर्फको अधिकांश काम पूरा भइसकेको उहाँको भनाइ छ ।
इलेक्ट्रो मेकानिकतर्फको कामलाई पनि तीव्ररुपमा अघि बढाइएको अधिकृत पौडेलले जानकारी दिनुभयो । साइट इन्जिनियर शर्माका अनुसार बाँध निर्माण, इन्टेकको काम पूरा भइसकेको छ । आगामी वर्षभित्र आयोजनाको काम पूरा भई विद्य्त उत्पादन हुने उहाँको भनाइ छ । कुश्मीसेरा र सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई चार मिटर अग्लो बाँध बाँधेर २७ सय मिटर लामो पेनस्टक पाइप मार्फत विनामारे–२ मा रहेको विद्युहमा खसालिने छ ।
त्यहाँ उत्पादित विद्युतई केन्द्रीय प्रसारण लाइनमा जोडिने साइट इन्जिनियर शर्माले बताउनुभयो । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ ।

तपाईको प्रतिक्रिया