Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका केही घरबाट हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भएकाले काठमाडौँ महानगरपालिकाको अनुरोधअनुसार स्थानीयवासी स्वयम्ले नै भत्काउन सुरु गरेका छन् । विमानस्थल आसपासमा रहेका केही घरले हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न गरेकाले लामो समयदेखि काठमाडौँ महानगरपालिकाले भत्काउनका लागि घरधनीलाई अनुरोध गर्दै आएको थियो । महानगरपालिकाको अनुगमनले मापदण्डविपरीत ठहर गरेका वडा नम्बर ३५ मा पर्ने ६ वटा घर गत हप्तादेखि आफैले भत्काउन सुरु गरेका हुन । अहिलेसम्म एउटा घर भत्काउने काम सकिसकेको र अन्य घर पनि भत्काउन सुरु गरेको महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख सापकोटाका अनुसार महानगरले यससँगै ३५ नम्बर वडामा नै चारवटा घरलाई तत्काल तला थप्ने काममा समेत रोक लगाएको छ । भत्काउन सुरु गरिएका घर केही नक्साबिनाका तथा केही नक्सा विपरीत निर्माण गरिएको पाइएको कामपाले बताएको छ । बोर्डका इन्जिनियर वीरबहादुर कार्कीको संयोजकत्वको एक टोली र विमानस्थल ३५ वडा कार्यालयका प्राविधिक समितिले स्थलगत निरीक्षणमा उक्त प्रतिवेदन तयार गरी सो निर्णय गरेको जनाएको छ । सो स्थानमा रहेका अन्य हवाई व्यवस्थापनमा समस्या उत्पन्न गराउन सक्ने घरको पनि अनुगमन भइरहेको महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया