Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भरतपुर – गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई शनिबार ८० हजार रुपियाँसहित चार थान बेड सहयोग प्राप्त भएको छ ।
प्रतिष्ठानका संरक्षक गङ्गाराम कँडेलले अस्पतालका कार्यकारी निर्देशक डा. चिनबहादुर पुनलाई सो सहयोग हस्तान्तरण गर्नु भएको हो । आफ्नी छोरी गरिमा कँडेलको क्यान्सरकै कारण दुई वर्षअघि निधन भएपछि कँडेल र उहाँको श्रीमती चन्द्रकला निरौलाले प्रतिष्ठान स्थापना गर्नु भएको थियो । क्यान्सर लागेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले २० लाख रुपियाँमा अक्षयकोष स्थापना गरिएको कँडेलले जानकारी गराउनु भयो । गरिमाको १८ वर्षको उमेरमा आयरल्याण्डमा निधन भएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. पुन, सहायक कार्यकारी निर्देशक डा. देजकुमार गौतम, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया