Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

चितवन– नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी्भित्रको गुटबन्दी अन्त्य गर्दै सबै मिलाएर लैजाने अभिभारा आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस युनियन चितवनले शनिबार चितवनमा आयोजना गरेको हस्ताक्षर अभियानको शुभारम्भका क्रममा उहाँले गिरिजाबाबु र आफूले दुई पार्टी मिलाएको स्मरण गर्दै भन्नुभयो, “अब गिरिजाबाबु हुनुहुन्न, पार्टी मिलाएर लैजाने अभिभारा मेरो काँधमा आएको छ ।’’ उहाँले पार्टीलाई अझ जीवन्त बनाउन आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै सभापति सुशील कोइरालाले एक पटकका लागि सभापति बन्ने अघिल्लो पटक उद्घोष गरेको जनाउनुभयो ।

आफू सभापति भएपछि छ महिनाभित्र भातृ सङ्गठनको महाधिवेशन गराउने पनि उहाँले बताउनुभयो । अर्काे प्रसङ्गमा नेता नेउवाले सन्त नेता कृष्णप्रसाद भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रतिष्ठान भट्टराईकै नाममा हुनुपर्ने भन्दै अन्यथा कडा आन्दोलनमा उत्रिने बताउनुभयो । युनियनको सङ्कलित हस्ताक्षर भोलि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पठाइनेछ ।

तपाईको प्रतिक्रिया