Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर- संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा मोरङले रङ्गेली घटनाको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार र सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप घाडेवामाथि विराटनगरमा साङ्घातिक आक्रमण गर्नेमाथि ज्यान मार्ने अभियोग अन्तर्गत मुद्दा दर्ता हुनुपर्ने माग पनि अघि सार्नुभयो ।

उहाँले यी माग पूरा नभए बिहीबार रङ्गेलीमा प्रहरीको गोलीबाट मृत्यु भएका मोर्चाका तीन कार्यकर्ताको शव नबुझ्ने पनि बताउनुभयो । घटनामा गोली लागेर गम्भीर घाइते भएका सात जनामध्ये जगन्नाथ साह र विक्रम सहनीको अवस्था चिन्ताजनक रहेको र उहाँहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले प्रशासनको कमजोरीका कारण घटना भएकाले सम्बन्धित अधिकारीले माफी माग्नुपर्ने माग राख्नुभयो ।

तपाईको प्रतिक्रिया