Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- बजारमा पेट्रोलियम पदार्थको अभाव खड्किएका बेला नेपाल सरकारका चार मन्त्रीले शुक्रबार नेपाल आयल निगमको थानकोटस्थित डिपोको आकस्मिक निरीक्षण गर्नुभएको छ ।

निगमको मौज्दात क्षमता र वितरण प्रणालीलाई सुधार्ने उपायबारे जानकारी लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन र जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साँझ निगमको थानकोट डिपोबारे जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा निगमको मुख्य डिपो थानकोटमा कति इन्धन मौज्दात रहेको र वितरण प्रणालीमा केही सुधार गर्न सकिन्छ कि भनेर सबै मन्त्रीले जिज्ञासा राखेको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

“अहिले कति इन्धन छ, कति दिनलाई वितरण गर्न पुग्छ, वितरण प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरुका जिज्ञासा राख्दै आवश्यक निर्देशन दिएपछि लेखेर पठाउने भन्नुभएको छ”– प्रवक्ता घिमिरेले भन्नुभयो । यससंगै रक्सौल बाहेकका विभिन्न सीमा नाकाबाट नियमितजसो इन्धन र केही ग्यासका बुलेट आइरहे पनि बजारमा विद्यमान अभावलाई ध्यानमा राखी निगमले वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ ।

सो अनुरुप निगमले काठमाडौँ उपत्यका बाहिरका पम्पमा जम्मा भएका इन्धनलाई उपत्यकामा भित्र्याएर वितरण प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । प्रवक्ता घिमिरेले ग्यास वितरणमा अझै समस्या रहे पनि पेट्रोलियम पदार्थ वितरणलाई केही सहज बनाउन दुई दिनभित्र उपत्यका बाहिरका इन्धन भित्र्याएर वितरणमा सुधार ल्याइने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया