Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ— सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले शुक्रबार बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालको जितमा चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे ।

खेल समापनपछि आयोजित समारोहमा विजेता तथा उपविजेता टोलीलाई बङ्गादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलगायत खेल पदाधिकारीले ट्रफी तथा पदक प्रदान गर्दै वाजेदले हिमालको देश नेपालले उपाधि जितेकामा बधाई तथा शुभकामना दिनुभयो । उपाधि विजेता नेपाल ट्रफीसहित ५० हजार अमेरिकी डलर प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको फाइनलमा विमल ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट तथा ‘हाइ स्कोरर”को उपाधि नवयुग श्रेष्ठले प्राप्त गरे । नवयुगले प्रतियोगितामा ह्याट्रिकसहित चार गोल गरेका थिए ।

प्रतियोगिताको प्रत्येक खेलमा अपराजित नेपालले आठ गोल गर्न सफल भयो भने एक गोल मात्र खाएको थियो । सेमिफाइनल लक्ष्यसाथ बङ्गलादेश यात्रामा निस्केको नेपाल प्रतियोगिताको अन्तिम खेलमा आइपुग्दा उपाधिमाथि नै कब्जा जमाउन सफल भयो ।

प्रतियोगितामा सहभागी हुनुअघि काठमाडौँमा आयोजित पत्रकार सम्मेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य सेमिफाइनसम्म मात्र भएको बताएका थिए । बङ्गबन्धु खेल्नु दुई साताअघि मात्र नेपाली टोली भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा लज्जाजनक रूपमा पहिलो चरणबाटै बाहिरिएको थियो, जहाँ नेपाल श्रीलङ्का र भारतसँग पराजित भएको थियो ।

तीन राष्ट्रिय टोलीलाई पन्छाएर बङ्गबन्धुको फाइनल पुगेको नेपाल र बहराइन यु–२३ बीचको खेलले भने अन्तर्रा्ष्ट्रिय खेलको मान्यता पाउने छैन । दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रय खेलको मान्यता पाउने गर्छ ।

यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटाँै दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन । त्यसैगरी अन्तर्रा्ष्ट्रियस्तरको प्रतियोगितामा नेपालले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।

सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै ।

समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे खेलमा मलेसियासँग र तेस्रो खेल बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरी खेलेको थियो ।

नेपालले सन् १९८४ मा काठमाडौँमा भएको चौथो साग र बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा वरिष्ठ टोलीले पदक जित्न सकेको छैन । नेपालले १९८४ मा जितेको पदक नै अन्तर्रा्ष्ट्रियस्तरको पहिलो पदक हो ।

त्यस्तै नेपालले घरेलु मैदानमा सन् १९९९ मा भएको आठौँ सागको फाइनल खेल खेलेको थियो । त्यतिबेलाको फाइनल भिडन्तमा भने बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित हुन पुगेपछि नेपालले दोस्रो स्थानमा चित्त बुझाएको थियो । त्यतिबेला अहिलेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र प्रशिक्षक उपेन्द्रमान सिंह प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुनुहुन्थ्यो । महर्जन मिडफिल्डरका रुपमा र सिंह गोलकिपर हुनुहुन्थ्यो । आज उनै प्रशिक्षकद्वयको प्रयासमा २३ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको छ ।

त्यस्तै नेपालले यसअघि सन् १९९९ मा बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यतिबलाको खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यसैगरी यसअघि भएको समूह चरणको खेलमा एक गोल पनि नखाएको नेपालले सेमिफाइनल खेलमा एक गोल खाँदै पाँच गोल गरेको थियो ।

नेपाली स्ट्राइकर नवयुगको ह्याट्रिकसँगै सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरको सनसनीपूर्ण जित निकाल्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा फुटबल पण्डितहरूको अनुमानलाई गलत साबित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन मात्रै गरेन सन् १९९९ मा नेपाल दक्षिण एसियाली खेलकुदपछि माल्दिभ्सलाई हराउन सफल भयो ।

प्रतियोगितामा नेपालका तर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौँ खेलाडीसमेत बन्न पुगे । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गरेका थिए ।

फिफा बरियतामा नेपालभन्दा बहराइन निकै माथिल्लो स्थानमा रहेको छ । नेपाल १९६ औँ स्थानमा छ भने बहराइन १२१ औँ स्थानमा छ । नेपाल र बहराइनको औपचारिक रुपमा भने यो पहिलो भेट हो ।

साफ च्याम्पियनसिप २०१३ को तयारीका लागि त्यतिबेला बहराइन पुगेको नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो । सो समयमा बहराइनको तेइस वर्षमुनिको राष्ट्रिय खेलाडीले नेपाललाई ३–० गोलअन्तरले पाखा लगाएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा अन्तर्रा्ष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो । त्यतिमात्र नभई नेपाली फुटबलमा जगत्मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राष्ट्रिय टोलीका मुख्य पाँच खेलाडी पक्राउ पर्दै धरौटीमा रिहा भए पनि खेलक्षेत्रबाट नै बाहिरिएका थिए ।

यस्तो अवस्था भए पनि धेरैजसो नयाँ अनुहार रहेका राष्ट्रिय खेलाडीले नेपाली फुटबल जगत्मा नयाँ इतिहास रच्न सफल भए । बङ्गलादेश फुटबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

बङ्गबन्धु कप सन् १९९६ देखि सुरु भएको थियो । करिब बीस वर्षमा प्रतियोगिता चार पटक मात्र आयोजना भएको छ । आयोजना भएको तीन वर्षपछि १९९९ मा दोस्रो संस्करणपछि लामो समय प्रतियोगिता हुन सकेको थिएन । तेस्रो संस्करणमा नेपालको सहभागिता रहेन । सत्र वर्षपछि भाग लिने अवसर पाउँदा नेपाल उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

प्रतियोगिताको विजेता नेपाली टोलीलाई अहिले संसारभरबाट सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको ओइरो लाग्न थालेको छ ।

प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभएको छ ।
बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गर्नुभएको छ । उहाँले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्रा्ष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।
यसैबीच नेकपा (एमाले) केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पनि विज्ञप्ति जारी गरी ऐतिहासिक जीत हासिल गरेकामा नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

तपाईको प्रतिक्रिया