Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं — बिहीबार रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको ज्यान गएको घटनाबारे छानविन गर्न मोरंगमा छानविन समिति गठन भएको छ । समितिको संयोजकमा एमाओवादीका सांसद शिवकुमार मण्डल रहेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको मधेसी मोर्चा बाहेकका राजनैतिक दल सम्मिलित सर्वदलीय, सर्वपक्षीय बैठकले मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मण्डलको संयोजकत्वमा समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी तोयम रायाले जानकारी दिनुभयो ।
समितिमा एमालेका अध्यक्ष महेश रेग्मी र कांग्रेसका सचिव यदु विष्ट सहित अन्य दल र संघ संस्थाका प्रतिनिधत्व छ । मधेसी मोर्चा आबद्ध दलले बहिष्कार गरेको बैठकले सबैलाई संयमित हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया