Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

जनकपुरधाम– भारतसँग सीमा जोडिएका मध्यतराईका आठ जिल्लाको जीवनस्तरको समृद्धिका लागि बिहीबारदेखि सीमा क्षेत्र विकास कार्यक्रम सुरु भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको हो । पाँच वर्षका लागि सञ्चालन गरिएको सो कार्यक्रमले स्थानीय समुदायको माग र आवश्यकताका आधारमा सो क्षेत्रमा चेतनामूलक, सशक्तीकरणका तालिम, क्षमता वृद्धि, कृषिजन्य प्रवद्र्धनात्मक, पूर्वाधारजन्य र सामाजिक पूर्वाधारजन्य क्रियाकलाप गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयका अनुसार प्राकृतिक, भौतिक तथा मानवीय सम्पदाले भरिपूर्ण भए पनि यस क्षेत्रमा चरम अशिक्षा, रोग, भोक र बेरोजगारी रहेकाले गाविस र नगरपालिकामा गरिबीको नक्साङ्कन बमोजिम सबैभन्दा कमजोर वर्ग र समुदायमा यो कार्यक्रम लक्षित छ । एक तथ्याङ्कअनुसार मानव विकास सूचकाङ्कको जिल्लागत तुलनाको स्थितिका आधारमा महोत्तरी र रौतहटको स्थिति मुगु र जाजरकोटभन्दा कमजोर रहेको छ ।

सो कार्यक्रम सप्तरीको औरही, बनैनिया, वेल्ही, भुतही, छिन्नमस्ता, देउरी फकिरा, झुकटी, काचन, लालपट्टी, मौवाहा, रामनगर, रमपुरामल्हनिया, तरही र तिलाठी गाविस तथा हनुमाननगर योगिनीमाई–८ नगरपालिकामा सञ्चालन गरिएको छ । त्यस्तै सिरहाको औरही, वरियारपट्टि, हरकट्टी, इनर्वा, इटाटार, जानकीनगर, कचनारी लगडी गदियानी, लगडीगोठ, नवराजपुर र सन्हैठा गाविस तथा सिरहा नगरपालिकाको १, ३, ४, ५, ६, ७ र ९ वडामा पनि सो कार्यक्रम सञ्चालन गरिएको छ ।

धनुषाको वल्हागोठ, देवडिहा, दुहवी, बहेडावेला, धनौजी, इटहर्वा, इनर्वा, मुखियापट्टि, नगराइन, प्रख महुवा, ठाडिझिझा, लमगाडागुठी र तुलसियाहीजब्दी गाविस रहेका छन् भने सर्लाही जिल्लामा वेल्वा जव्दी, अर्नाहा, बहादुरपुर, बलरा, बाराउधोरण, भाद्सार, हथिवन, खुटौना, मधुवनी, नारायणपुर, नौकेलवा, पर्सा, सक्रोल, सङ्ग्रामपुर, सिमरा र त्रिभुवननगर गाविस तथा मलङ्गवा नगरपालिकाको १, २, ८ र ९ वडामा समेत सञ्चालन गरिएको छ । यसैगरि महोत्तरी जिल्लाको बथनाहा, इटहर्वाकट्टी, खैरवन्नी गैडाभेटपुर, मटिहानी, नैन्ही, पर्सापतैली, पोखरभिण्डा सङ्ग्रामपुर, रघुनाथपुर, सम्सी र सिसवा कैया गाविस तथा जलेश्वर नगरपालिकाको ८, ११ र १२ वडामा सो कार्यक्रम सञ्चालन गरिएको छ ।

रौतहट जिल्लाको औरेया, वन्जरहा, ब्रह्मपुरी, जोकाहा, लक्ष्मीपुर बेलविछया, मठिया, नरकटियाकुट्टी, राजदेवी रामपुरखाप र सरमुजवा गाविस तथा गौर नगरपालिकाको २, ३, ४ र ६ वडा छन् भने बारा जिल्लाको बडकी फुलवरिया, बगही, बनौली, वरैनिया, वसन्तपुर, वेल्दारी, विश्रामपुर, विष्णुपुर, छतवा, झिटकैया दक्षिण, कवहीगोठ, केचोर्वा, मटिअर्वा, पकडियापचिकनी, पिपरपाती पथरौवा गाविस तथा सिम्रौनगढ नगरपालिकाको १, ८ र ९ वडामा सो कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी पर्सा जिल्लाको अमरपट्टि, मिसवा, धोरे, पिप्रा घोडदोड, जयमङ्गलापुर, जानकीटोला, झौवागुठी, लहवारथकरी, महादेवपट्टि, भिखमपुर, मिर्जापुर, निर्मलवस्ती, पर्सौनीभाटा, पिडारी गुठी, सवैठवा, सम्झौता र ठोरी गाविस तथा वीरगन्ज उपमहानगरपालिकाको १, २, ४ र १९ वडामा सञ्चालन गरिएको छ । रु चार अर्ब ९१ करोड विनियोजन गरिएको सो कार्यक्रमबाट पाँच वर्षमा सीमावर्ती क्षेत्रमा थप ४५० किमी सडकको निर्माण र स्तरोन्नति, खेतीयोग्य जमिनमा सिँचाइको सुविधा २० प्रतिशतले वृद्धि, तरकारी उत्पादनमा २० प्रतिशतले वृद्धि, सबै घरपरिवारमा न्यूनतम सुविधायुक्त शौचालय हुने, कृषि उत्पादनमा ५० प्रतिशतले वृद्धि, खरका छानायुक्त घरको सङ्ख्या ३० प्रतिशतले घट्ने, विद्युत्मा पहँुच पुगेको घरधुरीको सङ्ख्या ३० प्रतिशतले वृद्धिको प्रतिफल हासिल हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया