Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।

सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै ।

यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलो मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल गोलरहित बराबरी खेलेको थियो ।

तपाईको प्रतिक्रिया